काठमाडौं । बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विभान स्थलमा दुर्घटित सौर्य एरलाइन्समा सवार यात्रुहरूको नामावली सार्वजनिक भएको छ।
विवरण अनुसार जहाजमा क्याप्टेन मनिषरत्न शाक्य, सहचालक एस कटुवालसहित १९ जना यात्रु रहेको खुलेको छ।
त्यसमध्ये क्याप्टेन शाक्यलाई सकुसल उद्धार गरेर उपचारका लागि अस्पताल लगिएको छ भने अन्य १८ जनाको शव प्राप्त भएको बताइएको छ।
प्राप्त सूची अनुसार जहाजमा १८ जना नेपाली र एक जना विदेशी नागरिक अरिफ रेडा रहेको खुलेको छ। यद्यपि विदेशी नागरिक कुन देशका हुन् भन्ने खुलेको छैन।
अन्य यात्रुहरू (सौर्य एयरकै कर्मचारीहरू) अमृतमान महर्जन, सागर आचार्य, ओलिप बर्मा, मनुराज शर्मा, आश्विन निरौला, सुदिपलाल जोशी, सर्वेस मरासैन, श्याम बिन्दुकार, नवराज आले छन्।
त्यसैगरी राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्यव पुरी, यज्ञप्रसाद पौड्याल, सन्तोष महतो र पुन्यरत्न शाही रहेको सूची सार्वजनिक भएको छ।












