लुम्बिनीबाट सबैभन्दा बढी मत कल्पना पाण्डे, अन्य कसको मत कति ?

खबर बुक
  • ख-
  • ख+

११ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा लुम्बिनी प्रदेश भूगोलतर्फ उम्मेदवारहरूमध्ये सबैभन्दा धेरै मत कल्पना पाण्डे लम्सालले ल्याएकी छन् ।

त्यहाँस्थित पत्रकारसमेत रहेका रास्वपाका प्रतिनिधि गुनाराम घिमिरेले कल्पना पाण्डेले सर्वाधिक १ हजार १०७ मत ल्याएको जानकारी दिए ।

प्रदेशबाट तीन पुरूष र दुई महिला मात्र भूगोलबाट छानिने छन् । उनका अनुसार संगीता ढकालले १ हजार ९२, ज्ञानु पौडेलले ८९७, देवराज पाठकले ८२०, शर्मिला खनालले ६६४, कमल सुबेदीले ६०१, बिराज पौडेलले ५९९, सरस्वती भण्डारी ढकालले ५३४, गोविन्द पन्थीले ५२१, टंकबहादुर धानीले ४७३, महेशराम थारुले ४६०, जनक भुसालले ४२४, बुद्धिप्रसाद शर्माले ४३२, सुशील अधिकारीले ४२७, दीपक अधिकारीले ४०६, अर्जुनबहादुर शाहीले ४०४, गोपाल पाण्डेले ४०१, नीलराज अधिकारीले ३७०, महेशकुमार शाहले ३६१, अमृत भुसालले ३६०, चेतन राणाले ३४२, कमल केसीले ३२६, सुभाष शर्माले ३१६, नरेशबहादुर पछाई क्षेत्रीले ३१४, गोपाल घिमिरेले ३१२, शीतल भुसालले २९३, रमेश थापा क्षेत्रीले २७३, भीमबहादुर खड्काले २५५, राहुल केसीले २४४, देवराज भण्डारीले २२९ र महेश भण्डारीले १४६ मत प्राप्त गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्