न्यूरोड क्षेत्रमा थप फुटपाथ विस्तार गर्ने बिषयमा अध्ययन गर्न कार्यदल गठन गर्ने

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, साउन ७ । काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रमा फुटपाथ विस्तार गर्ने बिषयमा अध्ययन गर्ने भएको छ । साथै अध्ययन कार्यदलको प्रतिवेदन नआउन्जेल थप फुटपाथ विस्तार नगर्ने सहमति समेत भएको छ ।

सोमबार न्यूरोड क्षेत्रमा थप फुटपाथ विस्तार गर्ने बिषयमा अध्ययन गर्न कार्यदल गठन गर्ने सहमति भएको हो । महानगरका प्रमुख, उपप्रमुख २२, २३ र २४ नम्बर वडाका अध्यक्ष लगाएतको सहभागीतामा भएको छलफलका क्रममा मंसिर १ गतेसम्म कार्यदलले अध्ययन गर्ने र २ गते प्रतिवेदन पेश गर्ने सहमति भएको काठमाडौं महानगर वडा नंवर २३ का वडाअध्यक्ष मचाराजा महर्जनले जानकारी दिनुभयो । ९ सदस्यीय कार्यदलबाट बिभिन्न बिषयमा अध्ययन गरेर त्यसबाट आउने रिपोर्ट महानगर प्रमुखलाई बुझाउने र त्यसका आधारमा फुटपाथ विस्तारका बारेमा थप निर्णय हुने उहाले बताउनुभयो । उहाले अहिले वडा नंवर २४ मा भइरहेको विस्तारको काम भने सम्पन्न गर्ने सहमति भएको जानकारी दिनुभयो ।

त्यसअघि फुटपाथ विस्तार गर्ने क्रममा महानगर र स्थानीयबीच विवाद भएको थियो । विवाद भएपछि महानगरले जनप्रतिनिधि सहित स्थानीयलाई सोमबार छलफलमा बोलाएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्