देशमा अहिले संवैधानिक सरकार छैन : केपी ‍ओली

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनमत पाएर बनेको वैधानिक सरकार ढालेर अहिले असंवैधानिक सरकार बनाइएको प्रतिक्रिया दिएका छन्।

मदन भण्डारीको जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा उनले आफूहरूले गलत काम गरेर वा काम गर्न नसकेर नभई युवामा अल्गोरिदम फैलाएर आफूनेतृत्वको सरकार ढालिएको उनको भनाइ छ।

भदौ २३ र २४ को विध्वंसलाई मान्यता दिन अहिले निर्वाचन गराएर नयाँ सरकार बनाएको टिप्पणी गरे। यो सरकारलाई उनले प्रतिगमनकारीको संज्ञा दिए।

आफूले पहिले नै यो निर्वाचनमा नजाऔँ भनेर राखेको प्रस्ताव अरु पार्टीले नमानेको उनको भनाइ छ। आफूलाई यो परिणामबारे पहिल्यै थाहा भएको उनको भनाइ छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्