
काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले अहिलेको सरकारले यसअघिको सरकारले भन्दा राम्रो काम गर्ने बताउनुभएको छ ।
आज तारकेश्वर नगरपालिकाको नयाँ प्रशासकीय भवनको उद्घाटन गर्दै उहाँले जनताको चाहनाअनुसार काम हुन नसकेकाले काँग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्ने अवस्था आएको भन्दै यो सरकारले राम्रो काम गर्ने बताउनुभयो ।
उहाले भन्नुभयाे, “यो सरकार अहिले संसद्को पहिलो र दोस्रो दल मिलेर बनेको छ । यसरी सरकार बनाउनुपर्ने अवस्था आउनुको कारण अगाडिका सरकार अस्थिर भय टिक्न सकेनन् । राजनीतिक अस्थिरता भयो । जनताको चाहनाअनुसार काम हुन सकेन, यो सरकारले अगाडीका सरकारले भन्दा राम्रो पर्फमेन्स गर्छ । जनतामा आशा जगाउने गरी काम गर्नेछ ।राजनीतिक अस्थिरता को अन्त गर्छ । “
साथै उहाले प्रत्यक्ष जनतासँग जोडिएको सरकार स्थानीय सरकार भएको भन्दै उहाँले स्थानीय सरकारलाई प्रभावकारी बनाउनतर्फ ध्यान दिनु पर्ने बताउनुभयो ।
आज उद्घाटन भएको भवनले जनतालाई सेवा प्रवाहमा सहजता थपिने विश्वास व्यक्त गर्दै उपप्रधानमन्त्री सिंहले सम्पदा र आफ्नो पहिचानको रक्षा हुने गरी आधुनिक सुविधा सम्पन्न नगरपालिका बनाउनका लागि काम गर्न समेत सुझाव दिनुभएको छ।