काठमाडौं। कामना सेवा विकास बैंक चार्टर्ड एकाउन्टेन्ट संस्थाबाट वार्षिक रुपमा प्रदान गरिने राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२३ बाट सम्मानित भएको छ। बैंकले वित्तीय सेवा क्षेत्रतर्फको विधामा प्रदान गरिने सिल्भर अवार्ड प्राप्त गरेको हो।
नेपाल चार्टड एकाउन्टेन्ट संस्था (आईक्यान) ले आर्थिक वर्ष २०२२/२३ को वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि उक्त अवार्डबाट सम्मानित गरेको हो।
बैंकले आफ्नो १७औं वार्षिक साधारणसभामा पेस गर्न तयार गरेको वित्तीय विवरणमा सेयरधनी तथा सरोकारवालालाई विवरण उत्कृष्ट तवरले प्रस्तुत गरेको थियो।
उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीलाई उक्त अवार्ड हस्तान्तरण गरे।
बैंकको उक्त पुरस्कृत वार्षिक प्रतिवेदनले नेपालको तर्फबाट दक्षिण एसियाली स्तरमा आयोजना हुने साफा बिपीए अवार्डका लागि प्रतिस्पर्धा गर्न समेत मनोनीत हुनेछ।
कामना सेवा विकास अन्र्तर्राष्ट्रिय गुणस्तर चिन्ह आईएसओ ९००१ः२०१५ प्राप्त नेपालको पहिलो विकास बैंकसमेत हो।










