रास्वपा महाधिवेशन- करिब तीन घण्टापछि मतदान सुरु हुने, भोट हाल्न एकजनालाई १० मिनेट लाग्ने

खबर बुक
  • ख-
  • ख+

१० असार, काठमाडौं । रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले जारी महाधिवेशनमा मतदान सुरु हुन अझै दुई तीन घण्टा लाग्नसक्ने बताएका छन्।

महाधिवेशन स्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै केन्द्रीय सदस्यका लागि ३७० भन्दा धेरैको उम्मेदवारी परेको बताए।
उनले भने, ‘प्राविधिकहरूले मतदान छिटोभन्दा छिटो सुरु गर्नको लागि काम गरिराख्नुभएको छ, निर्वाचन आयोगले पनि आफ्नो काम गरिराखेको छ।’

उनले एक जनालाई करिब ७ देखि १० मिनेटसम्म लाग्ने अनुमान गरिएको बताए। मतदान सकिएको दुई घण्टाभित्र परिणाम आइसक्ने बताए।

प्रतिनिधिको समस्या सञ्चालन गर्नको लागि तीन वटा डेस्क सञ्चालन गरिएको बताए। उनले आफूले गृहमन्त्री सुधन गुरुङलाई प्रस्तावक राखेर केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको पनि जानकारी दिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्