कपिलवस्तुमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

न्युज कारखाना
  • ख-
  • ख+

काठमाडौं, १४ कात्तिक ।।कपिलवस्तुको महाराजगंज नगरपालिका–१ स्थित महाराजगं गैडहवा भित्रि सडक खण्डमा आज मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

लु ६९ प १५ ६९ नम्बरको मोटरसाइकल आज बिहान साढे ६ बजे अनियन्त्रित भई सडक छेउमा रहेको खाल्डोमा खसेको थियो ।

दुर्घटनामा गम्भिर घाइते भएका चालकको उपचारको क्रममा जिल्ला अस्पताल तौलिहवा कपिलबस्तुमा मृत्यु भएको इलाका प्रहरी कार्यालय महाराजगंजले जनाएको छ ।

मृतकको सनाखत हुन भने बाँकि रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्