नेपाल बैंकले पनि आस्वा शुल्क नलिने

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १४ भदाै ।  नेपाल बैंकले पनि आस्वा शुल्क नलिने घोषणा गरेको छ ।

अबदेखि लगानीकर्ताले यस बैंकको आस्वा सेवा प्रयोग गरेर सेयर भर्दा कुनै पनि शुल्क तिर्नुपर्ने छैन । यसअघि बैंकले आस्वाबापत १० रुपैयाँ शुल्क लिँदै आएको थियो ।

योसँगै सी–आस्वा सेवा निःशुल्क प्रदान गर्ने बैंकको संख्या ६ पुगेको छ । नेपाल धितोपत्र बोर्डले सी–आस्वा सेवाको शुल्क अधिकतम ५ रुपैयाँसम्म लिन पाउने व्यवस्था गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्