नवलपरासी दुर्घटनामा मृत्यु हुनेको पहिचान खुल्यो

न्युज कारखाना
  • ख-
  • ख+

काठमाडौं, १३ कात्तिक ।।नवलपरासी बर्दघाट सुस्ता पुर्वको बुलिङटार गाउँपालिका–२ मथारमा आज बिहान बस दुर्घटनामा मृत्यु हुने पाँच जनाको सनाखत भएको छ ।

मृत्यु हुनेमा पाल्पाको रम्भा गाउँपालिका–१ का ४१ वर्षीय तारा विक, १७ वर्षीय विनय विक, ६२ वर्षीया धनी विक, ५८ वर्षीया देवी गाहा र स्याङ्जाको गल्याङ नगरपालिका–९ बेलचौरकी ४५ वर्षीया फूलमाया माझी रहेका छन् ।

उनीहरू सबैको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पुर्वले जानकारी दिएको छ ।

भरतपुरका विभिन्न अस्पतालमा घाइतेहरूको उपचार भइरहेको छ । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ ।

पाल्पाको हुगीदेखी दर्शनार्थी लिएर मनकामना आउँदै गरेको ना ६ ख ७५ ८० नम्बरको बस आज बिहान ४ बजे अनियन्त्रित भई सडकबाट अन्दाजी एक सय मीटर तल खसेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्