चार दिनदेखि खोलामा बेपत्ता चालकको शव फेला

खबर बुक
  • ख-
  • ख+

गत शुक्रबार राति भएको जीप दुर्घटनामा खोलामा खसेर बेपत्ता भएका चालकको शव ४ दिनपछि फेला परेको छ ।

रोल्पाको माडी गाउँपालिका-४ माडी खोलामा भएको जीप दुर्घटना चालक बेपत्ता भएका थिए । शव फेला पर्नेमा नुवाकोटको ककनी गाउँपालिका–३ का ३१ वर्षीय वुद्धिबहादर लामा रहेका छन् ।

इलाका प्रहरी कार्यालय घर्तीगाउँबाट खटिएको प्रहरीको टोलीले स्थानीय वासिन्दाको सहायतामा खोजतलास गर्ने क्रममा मंगलबार साढे दुई बजे शव भेटेको प्रहरीले जनाएको छ ।

शहीद मार्गको माडी गाउँपालिका–४ सिस्ने बजारबाट घर्ती गाउँतर्फ आउँदै गरेको बा ७ च ५००२ नम्बरको उक्त जीप सडकबाट अन्दाजी १०० मिटर तल माडी खोलामा खसेर दुर्घटनाग्रस्त भएको थियो ।

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्