दशैँका लागि नायाँ नोट भदौ २६ गतेदेखि साट्न पाइने

खबर बुक
  • ख-
  • ख+

दशैंका लागि नयाँ नोट भदौ २६ गतेदेखि साट्न पाइने भएको छ । दशैं तथा तिहारमा सबैभन्दा बढी नयाँ नोट खपत हुने गरेकोले नेपाल राष्ट्र बैंकले सो समयमा नयाँ नोट साट्न दिने गरेको छ ।

राष्ट्र बैंकले यसवपर्ष २६ गते अघी नै बैंकहरूलाई नयाँ नोट पठाइसक्ने भएको छ । नयाँ नोट पठाएर एक साताभित्रै नयाँ नोट साट्न पाइने बैंकहरूको सूची सार्वजनिक हुने छ । त्यसपछि सर्वसाधारणले पायक पर्ने बैंकबाट नयाँ नोट साट्न पाइने गरी सहजिकरण गरिने नेपाल राष्ट्र बैङ्कले जानकारी दिएको छ ।

राष्ट्र बैैंकले नयाँ नोट वितरण गर्दा प्रतिव्यक्ति ५, १०, २०, ५० र १०० रूपैयाँ दरका नोट उपलब्ध गराउने छ । यस्तो नोट प्रतिव्यक्ति १८ हजार ५०० रूपैयाँ सम्म साट्न पाइने नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणकर भट्टले बताउनुभयो । गत वर्ष दशैँमा ८ अर्बको नयाँ नोट साटिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्