रौतहटमा चट्याङ लागेर  तीन जना महिलाको ज्यान गयाे

खबर बुक
  • ख-
  • ख+

रौतहटको मलाही टोलमा चट्याङ लागेर आज  तीन जना महिलाको ज्यान गएको छ ।

गरुडा नगरपालिका–३ मलाही टोलमा खेतमा काम गर्ने क्रममा आज बिहान चट्याङ लागेर तीन जनाको ज्यान गएको नगरपालिकाका उपमेयर पुनमकुमारी चौधरीले जानकारी दिनुभयो ।

चट्याङ लागेर मलाही गाउँका सुदनीया देवी, जगिया कुमारी र मनिषा कुमारीको ज्यान गएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । चट्याङ लागेर खेतमा काम गरिरहेका अरु घाइते भएका छन् ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्