झापा गोल्डकप सेमिफाइनलमा आज चर्च ब्वाइज र झापा-११ भिड्ने

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २५ फागुन । झापा गोल्डकपको अन्तिम सेमिफाइनलमा शनिबार चर्च ब्वाइज युनाइटेड र आयोजक झापा-११ बीच प्रतिस्पर्धा हुँदैछ । 

विजेताले उपाधिका लागि फागुन २८ गते एपीएफसँग खेल्नेछ। 

यसअघि हिजो भएको खेलमा त्रिभुवन आर्मीलाई पराजित गर्दै एपीएफले फाइनलमा स्थान बनाइसकेको छ।

विजेता टोलीले १३ लाख रुपैयाँ पाउनेछ भने उपविजेताले ७ लाख रुपैयाँ हात पार्नेछ। 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्