फेसबुक कम्पनी मेटासँग आयोगको छलफल

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १ कात्तिक।।सामाजिक सञ्जालबाट निर्वाचनलाई प्रभाव पार्ने, होच्याउने, अपमान गर्ने, द्वेषपूर्ण भाषण राख्ने उम्मेदवार र नेताकार्यकर्ताको निगरानी गर्ने बारेमा आयोगले सामाजिक सञ्जाल फेसबुकका प्रतिनिधिसँग हिजो छलफल गरेको छ ।

निर्वाचनको समयमा फेसबुकबाट हुन सक्ने सम्भावित अवाञ्छित क्रियाकलाप रोक्ने सम्बन्धमा छलफल केन्द्रित थियो ।

फेसबुक कम्पनी मेटाको प्रतिनिधमण्डलले निर्वाचन प्रक्रियाको समयमा फेसबुकमार्फत हुने तथ्यहीन, भ्रामक एवं घृणायुक्त सामग्री रोक्न सबै किसिमको सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

मतादाताले सामाजिक सञ्जाल प्रयोग गर्दासमेत आचारसंहिताको पालना गर्नुपर्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सीआईएनसँग बताउनुभयो ।

आयोगले सामाजिक सञ्जाल भित्र एसएमएस, फेसबुक, मेसेञ्जर, भाइबर, ट्वीटर, यूट्यूब, इन्स्टाग्राम लगायतका माध्यमलाई उल्लेख गरेको छ । आचारसंहिता विपरीत सामाजिक सञ्जालमा सामग्री राख्ने, साझा गर्ने लगायतका गतिविधि गरेमा आयोगले सुरुमा सचेत बनाउने, दोहो¥याए कानुनी उपचार खोज्ने र अन्तिममा कारबाही गर्ने बताएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्