माओवादी केन्द्रले मातहतका कमिटीमा ३ बुँदे सर्कुलर जारी ग¥यो

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, असोज ३०

: नेकपा माओवादी केन्द्रले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर मातहतका कमिटीमा ३ बुँदे सर्कुलर पठाएको छ ।

पार्टीका प्रदेश र जिल्ला समितिका इन्चार्ज, अध्यक्ष एवम् संयोजकलाई सम्बोधन गरेर अध्यक्ष प्रचण्डले आज पठाएको सर्कुलरमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी दुबै एउटै चुनाव चिह्न गोलाकार भित्रको हँसिया हथौडा रहेको स्मरण गराउँदै सबै प्रदेश र जिल्लाहरूले आपसी सहकार्यलाई प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ । दुबै पार्टीका प्रदेश, जिल्ला र स्थानीय स्तरका नेतृत्वका बीचमा विशेष समन्वय संरचना निर्माण गर्न पनि प्रचण्डले सर्कुलर मार्फत निर्देशन दिनुभएको छ ।

यस्तै गठबन्धनका निर्वाचनसँग सम्बन्धित सबै कार्यक्रमहरूमा सम्भव भएसम्मका प्रदेश र जिल्लामा दुबै पार्टीका प्रतिनिधित्व हुने गरी एक रुपतामा सहभागी हुन पनि प्रचण्डले निर्देशन दिनुभएको छ । यसैगरी पाँच दलीय गठबन्धनको असोज २७ गतेको निर्णय अनुसार अघि बढ्न माओवादीले मातहतका कमिटीलाई निर्देशन दिएको छ ।

जस अनुसार गठबन्धनका शीर्ष नेताहरु सहभागी हुनेगरी कात्तिक ४ देखि ७ गतेसम्म संयुक्त भेला आयोजना गर्ने निर्णय छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्