तनहुँमा कर्मचारी बोकेको बस दुर्घटना

खबर बुक
  • ख-
  • ख+

तनहुँ, १३ भदौ।। पृथ्वीराजमार्ग अन्तर्गत जिल्लाको म्याग्दे गाउँपालिका–१ गुणादीमा सोमबार साँझ बस दुर्घटना भएको छ ।

करिब ५:५० बजेतिर बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

दमौलीबाट पोखरातर्फ जाँदै गरेको ग१ख ४०३२ नम्बरको बस दुर्घटना हुँदा १५ जना यात्रु घाइते भएका छन् ।

बसमा करिब १९ जना सवार रहेकोमा १५ जनालाई चोटपटक लागेको छ ।

घाइते भएकाहरूको उद्धार गरी दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्