मधेस प्रदेशबाट काँग्रेस, माओवादी र समाजवादीका मन्त्री हटाउने तयारी

खबर बुक
  • ख-
  • ख+

सङ्घीय सरकारमा आफ्नो पार्टीका तर्फबाट सहभागी मन्त्री पदमुक्त गरिएसँगै जनता समाजवादी पार्टी (जसपा) ले मधेस प्रदेश सरकारमा रहेका अरु दलका मन्त्रीलाई हटाउने तयारी गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो ङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ‚ भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राई‚ वन तथा वातावरण मन्त्री प्रदीप यादव र कृषि तथा पशुपन्छीमन्त्री मृगेन्द्रकुमार सिंह यादवलाई पदमुक्त गर्नुभएको थियो । ती मन्त्री जसपाका थिए ।

जसपाका प्रवक्ता मनिष सुमनले मधेस प्रदेश सरकारमा नेपाली काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीका तर्फबाट रहेका मन्त्री हटाउने बारेमा परामर्श भइरहेको बताउनुभयो ।

मधेस प्रदेश सरकारमा काँग्रेसका ३, माओवादीबाट २ र समाजवादी पार्टीबाट ३ जना मन्त्री छन् । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले जसपा बाहेक दलका तर्फबाट मन्त्री बनेकाहरूलाई हटाइने र यो स्वभाविक भएको प्रतिक्रिया दिनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्