काठमाडौं, ४ माघ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उद्योग विभागको महानिर्देशकमा सहसचिव यज्ञराज कोइरालालाई नियुक्त गरेको छ।
यसअघिका महानिर्देशक बाबुराम गौतमलाई मन्त्रालय तानेर सहसचिव कोइरालालाई विभाग हाँक्ने जिम्मेवारी दिइएको हो। यसअघि कोइराला मन्त्रालयको प्रशासन तथा संस्थान महाशाखामा कार्यरत थिए।
गौतमले विभागलाई गति दिन नसकेको बात लगाएर कोइरालालाई नियुक्त गरिएको बताइन्छ।











