तिब्बतको ताक्लाकोटमा एक जना नेपालीको मृत्यु

खबर बुक
  • ख-
  • ख+

काठमाडौं , ४ माघ ।  चीनको स्वशासित क्षेत्र तिब्बतको ताक्लाकोटमा होटल सञ्चालन गर्दै आएका एक जना नेपालीको मृत्यु भएकाे छ ।

डोटीको जोरायल गाउँपालिका–२ घर भएका ५५ वर्षीय वीरबहादुर थापाको मृत्यु भएकाे उहाँका आफन्त कुमार भण्डारीले जानकारी दिनुभयो ।

हृदयघातका कारण माघ २ गते ज्यान गुमाएका थापाको शव हेलिकप्टरमार्फत आज हिल्सा ल्याइएको भण्डारीले बताउनुभयो । हुम्लाबाट नेपालगञ्ज हुँदै थापाको शव डोटी पुर्‍याइने उहाँको भनाइ छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्