बुधबार भारतीय सेयर बजारमा भारी गिरावट

खबर बुक
  • ख-
  • ख+

४ माघ, काठमाडौं ।बुधबार भारतीय सेयर बजारमा भारी गिरावट भएकाे छ । विश्व सेयर बजार ओरालो लागेसँगै भारतमा दलाल स्ट्रिटमा व्यापक कमी आएको हो ।

३० कम्पनीको सेयर सूचिकृत बीएसई सेन्सेक्स उक्त दिन १ हजार ६२८ अङ्कले घटेर ७१ हजार ५०० मा ओर्लिएको थियो । अघिल्लो दिनको तुलनामा यो कमी २ दशमलव २३ प्रतिशत थियो ।

बृहत् एनएसई निफ्टी ४६० अङ्क अर्थात् २ दशमलव शून्य ९ प्रतिशतले घट्दै २१ हजार ५७२ अङ्कमा आएको थियो । सेन्सेक्समा बुधबार देखिएको यो एक दिने कमी गएको १६ महिनायताकै सबैभन्दा खराब थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्