रोमाका प्रशिक्षक मोरिन्हो बर्खास्त

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ, २ माघ । इटालियन क्लब एएस रोमाले प्रशिक्षक जोसे मोरिन्होलाई बर्खास्त गरेको छ ।

रोमाले एक विज्ञप्ति जारी गर्दै तुरुन्तैदेखि लागु हुने गरि मोरिन्होलाई बर्खास्त गरेको जानकारी दिएको हो । मोरिन्होसँगै रोमाले उनको टिमलाई पनि हटाएको छ । 

६० बर्षिय मोरिन्हो २०२१ को जुलाईदेखि रोमाको प्रशिक्षक बनेका थिए । क्लबका पछिल्लो खराब प्रदर्शनका कारण रोमाले उनलाई हटाएको हो । 

रोमा यस सिजनमा सिरी ए मा हाल नवौं स्थानमा रहेको छ । मोरिन्होले रोमालाई २०२१-२२ को युरोपा कन्फेरेन्स कप जिताएका थिए ।  

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्