काठमाडौं, २ माघ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका इन्जिनियरिङ कलेजहरुमा मंगलबार देखि स्नातक तहको पढाइ सुरु भएकाे छ ।
शुल्क विवादका कारण लामो समयसम्म प्रवेश परीक्षा सञ्चालन नहुँदा यस वर्ष इन्जिनियरिङको पढाइ ढिला गरी सुरु हुन लागेको हो ।
प्रवेश परीक्षा र भर्ना समय सकिँदासम्म त्रिविको इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) अन्तर्गतका क्याम्पसहरुले सिट अनुसार विद्यार्थी भने पाउन सकेका छैनन् ।
पछिल्ला वर्षमा खाली हुने सिट संख्या पनि बढ्दै गएको संस्थानका अधिकारीहरु बताउँछन् ।सोमबारसम्म संस्थानले सार्वजनिक गरेको भर्ना विवरण अनुसार कलेजहरुमा रहेको सिट संख्यामध्ये समग्रमा २५.२० प्रतिशत सिट संख्या खाली छ ।











