नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगितामा आज पनि दुई खेल हुँदै

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, असोज २४ । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगितामा आज पनि दुई खेल हुँदैछन् । पोखरा क्रिकेट मैदानमा हिजोबाट सुरु भएको प्रतियोगिताको दोस्रो दिन आज समूह ‘बी’ का दुई खेलहरू हुदैछन् ।

प्रतियोगिताको पहिलो खेलमा कर्णाली प्रदेश र विभागीय टोली नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा प्रदेश नम्बर–१ र लुम्बिनी प्रदेशबीच खेल हुनेछ ।

महिला क्रिकेटमा ९ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । समूह ‘ए’ मा एपीएफ क्लब, मधेश प्रदेश, गण्डकी प्रदेश, सुदुरपश्चिम प्रदेश र बागमती प्रदेश रहेका छन् ।

समूह ‘बी’ मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश, प्रदेश–१ र लुम्बिनी प्रदेश रहेका छन् । महिला क्रिकेट असोज १ कात्तिकसम्म हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्