राप्रपाको सबै जिल्ला समितिले प्रत्यक्ष उम्मेदवारमा करिब ७ सय जनाको नाम सिफारिस गर्यो

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, असोज १५
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सबै जिल्ला समितिले प्रत्यक्ष उम्मेदवारमा करिब ७ सयजनाको नाम सिफारिस गरेको छ ।

उम्मेदवारको सम्बन्धित निर्वाचन क्षेत्रमा कायम रहेको लोकप्रियता, पार्टी सङ्गठन सुदृढीकरणमा गरेको योगदानका आधारमा सिफारिस भएर आएका नामबाट योग्य उम्मेदवार छनोट गरिएको पार्टीका केन्द्रीय सदस्य राजाराम श्रेष्ठले जानकारी दिए ।

प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष तर्फको निर्वाचनका लागि करिब सात सय उम्मेदवारको नाम सिफारिस भएको छ । पार्टीले समान विचार भएका राजनीतिक दल तथा समूहसँग एकीकरणका साथै गठबन्धन गर्न केही दलसँग औपचारिक तथा अनौपचारिक छलफलसमेत सुरु गरेको छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्