५ कन्टेनर स्याउ नियन्त्रणमा

खबर बुक
  • ख-
  • ख+

मोरङको बिराटनगर महानगरपालिका १३ स्थितबाट प्रहरीले ५ कन्टेनर स्याउ नियन्त्रणमा लिएको छ ।

गत शुक्रबार बेलुकी साढे ६ बजे बिराटनगर स्थित मलाया रोडमा संकास्पद अवस्थामा स्याउ अनलोड भई रहेको भन्ने बिशेष सूचना आधारमा प्रहरीले उक्त ५ कन्टेनर स्याउ नियन्त्रणमा लिएको हाे ।

कन्टेनरबाट मिनी ट्रकमा स्याउ पल्टी गरीरहेको अवस्थामा फेला पारिएकाे प्रहरीले जानकारी दिएकाे छ ।

नियन्त्रणमा लिइएका ५ वटा भारतीय कन्टेनर र ३ वटा नेपाली मिनी ट्रक तथा स्याउ आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरीमा बुझाईएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्