तरलता व्यवस्थापनका लागि रिपोमार्फत् ३० अर्ब रुपैयाँ बजारमा पठाउँदै राष्ट्र बैँक

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, असोज १२

राष्ट्र बैँकले तरलता व्यवस्थापनका लागि रिपोमार्फत् ३० अर्ब रुपैयाँ बजारमा पठाउने भएको छ ।

लामो समयदेखि तरलताको अवस्था सुधार हुन नसकेपछि अल्पकालिन रूपमा तरलता व्यवस्थापन गर्न राष्ट्र बैँकले १४ दिनका लागि उक्त रकम बजारमा पठाउन लागेको हो । त्यसका लागि राष्ट्र बैँकले आज दिउँसो अक्सन (बोलकबोल) का लागि बैँक तथा वित्तीय संस्थालाई आह्वान गरेको छ । बोलकबोलमा वाणिज्य बैँक, विकास बैँक र वित्त कम्पनी सहभागी हुन सक्नेछन् । उक्त रिपोको म्याद यही असोज २७ गते सकिनेछ ।

खासगरी दसैं र तिहारमा वित्तीय प्रणालीमा तरलता अभावको समस्या झनै जटिल नबनोस् भन्ने उद्देश्यका लागि रिपोमार्फत केही रकम बजारमा पठाउन लागेको हो । राष्ट्र बैँकका अनुसार बैँकिङ प्रणालीमा साधारण प्रकृतिको न्यून तरलताको स्थिति देखिएमा अल्पकालीन अवधिको तरलता प्रवाह गर्न प्रयोग हुने उपकरण रिपो हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्