मंगलबार सुनचाँदीको मूल्य घट्यो

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ३ असोज । सुनचाँदीको मूल्य  घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । महासंघले  सुनको मूल्य तोलामा ४०० र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको जनाएको छ ।

जसअनुसार  छापावाल सुनको मूल्य तोलामा ९१ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९० हजार ९०० रुपैयाँ छ । सोमबार छापावाल सुनको मूल्य तोलामा ९१ हजार ८०० र तेजाबी सुनको मूल्य ९१ हजार ३०० रुपैयाँ थियो ।

यसैगरी, चाँदीको मूल्य तोलामा १० रुपैयाँ घटेको छ । साेमबार तोलामा ११ सय ६० रुपैयाँ रहेको चाँदीको मूल्य मंगलबार ११ सय ५० रुपैयाँमा काराेबार भइरहरेकाे महासंघकाले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्