सरकारमा रहेका दलहरूको गठबन्धनले आज सिटबाँडफाँड बारे सहमति गर्ने सम्भावना

खबर बुक
  • ख-
  • ख+

सरकारमा रहेका राजनीतिक दलहरूको गठबन्धनले आगामी मङ्सिर ४ मा हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि सिट बाँडफाँडमा आज सहमति गर्ने सम्भावना रहेको नेताहरूले दावी गरेका छन् ।

सहमति अघि सिट बाँडफाँड गर्न गठित कार्यदलको बैठक बालुवाटारमा जारी  रहेको एकीकृत समाजवादी पार्टीका प्रचार विभाग प्रमुख जगन्ननाथ खतिवडाले  बताउनुभयो ।

उहाँका अनुसार कार्यदलमा छलफल भएपछि शीर्ष तहमा सहमति गरिनेछ । नेपाली काँग्रेस भित्रको विवादको प्रभाव सिट बाँडफाँडमा देखिएको अरु दलहरूको निष्कर्ष छ ।

सरकारमा सहभागी काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा आगामी चुनावमा सहमति गरेर जाने रणनीतिमा छन् ।

कार्यदलका एक सदस्यका अनुसार नेपाली काँग्रेस प्रतिनिधि सभातर्फ ८५ सिट लिन सहमत देखिएको छ । काँग्रेस र राष्ट्रिय जनमोर्चालाई छुट्याएर बाँकी सिटमा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) बीच सहमति खोज्ने तयारी शीर्ष नेताहरूले गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्