विपि हमालकाे ‘रंगीन प्रेम’ सार्वजनिक

खबर बुक
  • ख-
  • ख+

सल्यान, ९ साउन । विपि हमालकाे नयाँ एल्बम रंगीन प्रेम सार्वजनिक भएकाे छ ।

चर्चित टेलिशृङ्खला गङ्गासागरका निर्माता/निर्देशक पुर्ण चन्द्र केसी र हेमन्त शिशिरको निर्देशनमा रहेको रंगीन प्रेम मंगलबार सार्वजनिक भएकाे हाे । गीतमा विपि हमाल र सन्ध्या आचार्यकाे आवाज रहेकाे छ ।

गीतलाइ हेमन्त शिशिरले संगीत गरेका छन् भने रचना गीतकार पुर्ण चन्द्र केसीले गरेका हुन् । गीतकाे म्यूजिक भिडियाेमा विपि हमाल, ओजस्वी ओली, पुर्ण चन्द्र केसी, उषा सुवेदी लगायतकाे अभिनय रहेकाे छ ।

गायक हमाल सल्यानमा रहेर राजनीति सँगै साहित्य र पत्रकारिता क्षेत्रमा समेत कलम चलाउने गर्दछन् । एचपी क्रीयशन युटुब च्यानल मार्फत गीत सार्वजनिक भएकाे छ ।

भिडियाे हेर्नुहाेस्

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्