नागरिकता विधेयक प्रमाणीकरणका सम्बन्धमा परेको रिटमाथि आज सुनुवाइ हुने

खबर बुक
  • ख-
  • ख+

नागरिकता विधेयक प्रमाणीकरण नभएको सम्बन्धमा परेको रिटको सुनुवाइ आज हुने भएको छ ।

आजका लागि पेशी तोकिएको भए पनि समय भने निर्धारण भइसकेको छैन ।

यसअघि शुक्रवारका लागि पेसी तोकिएकोमा हेर्न नभ्याइने सूचीमा परेपछि आजका लागि सुनुवाइ सरेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले तोकिएको १५ दिनको समयावधिमा नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि प्रमाणीकरण गर्नका लागि परमादेश दिन माग गर्दै ५ वटा रिट दर्ता भएका छन् ।

अधिवक्ताहरू सागर बराल, डा.सुनिल रञ्जन सिंह, सुनिल कुमार यादव, देव शर्मा र सोनु रौनियारले राष्ट्रपति कार्यालयविरुद्ध रिट दर्ता गराएका थिए ।

बिहान साढे १० बजे सार्वजनिक गरिने पेशी सूचीमा नागरिकतासम्बन्धी विधेयक कसको इजलासमा परेको छ भन्ने थाहा हुने सर्वोच्चका प्रवक्ता विमल पौडेलले बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्