शेखर–गगन समूहको बानेश्वरमा खबरदारी सभा

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ८ असोज ,नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले आज बानेश्वरमा खबरदारी सभा आयोजना गरेको छ ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाभनमा टिकट वितरणमा संस्थापना समूहलाई दबाब दिन नेता शेखर र महामन्त्री गगन समूहले खबरदारी सभा आयोजना गरेको हो ।
सभा थापागाउँस्थित बानेश्वर बैंक्वेटमा भएको हो ।

सभापति देउवाले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको सूची न्यायोचित नभएको भन्दै उनीहरूले असन्तुष्ट जनाउँदै आएका छन् ।

यही क्रममा दबाब दिने उदेश्यले शनिवार भेला आयोजना गरेको स्रोतको भनाइ छ ।

शेखर–गगन समूहले ४० प्रतिशत टिकट आफ्नो पक्षका नेता–कार्यकर्ताले पाउनुपर्ने माग राख्दै आएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्