महोत्तरीको मटिहानीमा एक महिलाको शव फेला

खबर बुक
  • ख-
  • ख+

महोत्तरीको मटिहानी नगरपालिका–१ की ४० वर्षीया अमिना खातुनको शव फेला परेको छ।

हिजो बिहान धान हेर्न खेतमा पुगेकी खातुनको गएराति बाँसघारीमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

शरीरमा चोट रहेकाले हत्या भएको हुनसक्ने र घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी चन्देश्वर यादवले जानकारी दिनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्