घरेलु टोली पाकिस्तानले इङ्ग्ल्यान्डविरुद्धको दोस्रो टी–ट्वान्टी अन्तर्राष्ट्रियमा जित हात पारेको छ ।
कराँचीमा गएराति भएको खेलमा पाकिस्तानले इङ्ग्ल्यान्डलाई १० विकेटले पराजित गरेको हो । यस जितसँगै इङ्ग्ल्यान्डविरुद्ध घरेलु टोलीले ७ खेलको सिरिजमा १÷१ को बराबरी गरेको छ ।
इङ्ग्ल्यान्डले दिएको २ सय रनको लक्ष्य घरेलु टोलीले १९ ओभर ३ बलमा बिना विकेटको क्षतिमा पूरा ग¥यो । त्यसअघि पहिले ब्याटिङ गरेको पाहुना टोलीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९९ रन बनाएको थियो ।