आलिया भट्ट ‘हार्ट अफ स्टोन’मा भिलेनकाे भुमिकामा

खबर बुक
  • ख-
  • ख+

मुम्बई, ४ असार । अभिनेत्री आलिया भट्टको अभिनय रहेको हलिउड फिल्म ‘हार्ट अफ स्टोन’को ट्रेलर रिलिज भएको छ ।

फिल्ममा उनी भिलेन चरित्रमा देखिदैँ छिन् । फिल्ममा गेल गेडोट र जोनी डर्ननले प्रमुख भूमिकामा अभिनय गरिहेका छन् । फिल्ममा गेल सिक्रेन्ट एजेन्ट चरित्रमा छिन् । जो आफ्नो मिसनलाई सफल बनाउन कैयौं समस्यासँग जुध्छिन् ।

आलियाले आफ्नो इन्स्टाग्राम एकाउण्टमा ट्रेलरका शेयर गरेकी छन् । ट्रेलरका केही दृश्यमा आलियालाई देख्न सकिन्छ । आलियाले गर्भवती अवस्थामा यो फिल्मको सुटिङ गरेकी थिइन् । फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा सहभागी हुन उनी ब्राजिल पुगेकी थिइन् ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्