प्रतिनिधिसभा बैठक: उद्योग, भुमी र भौतिक मन्त्रालयको बजेट माथी छलफल हुने

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १ असार । आज प्रतिनिधिसभा बैठक बस्दैछ ।  संघीय संसद भवनमा बस्ने बैठकमा बिनियोजन बिद्येयक २०८० माथी छलफल हुनेछ । बैठक ११ बजे बोलाईएको छ ।

संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमाथी छुटाईएको बजेटमा छलफल हुनेछ।

प्रतिनिधि सभाको हिजोको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत वन तथा वातावरण मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको छलफल गरिएको थियो, जुन सकिएको छ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्