कांग्रेस सभापति देउवा आज राति सिंगापुर जानुहुदै

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ३० जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार सिंगापुर जानुहुदैछ ।

स्वास्थ्यसम्बन्धी नियमित ‘फलोअप’का लागि देउवा राति ११ बजे सिंगापुर एयरलाइन्समार्फत् जान लागेको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयाे ।

पेटसम्बन्धी समस्या देखिएपछि उहाँले केही वर्षअघिदेखि सिंगापुरको अस्पतालमा नियमित उपचार गराउँदै आउनुभएकाे छ । उहा पत्नी आरजु देउवासहित सिंगापुर जान लाग्नुभएकाे हाे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्