सैफअली खानका छोरालाई लञ्च गर्दै करण जोहर

खबर बुक
  • ख-
  • ख+

मुम्बई, २५ जेठ । स्टार किड्स लन्च गर्न चर्चित करण जोहरले अर्को स्टार किड लन्च गर्ने तयारी गरेका छन् ।

यो स्टार किड अरु कोहि होइन सैफ अली खान र अमृता सिंहका छोरा इब्राहिम अली खान हुन्, जो निकै ठूला र सुन्दर युवामा परिणत भएका छन् ।

इब्राहिम अली खान पर्दा पछाडि बसेर फिल्मको काम सिकिरहेको र बुझिरहेको छन् । अब उनी क्यामेरा अगाडि आउने पालोमा छन, जो करण जोहरको धर्म प्रोडक्सन हाउसवाट बाहिर आउँदैछन् ।

उनकी दिदी सारा अलि खान यसअघि नै स्टार भइसकेकी छिन् ।

इब्राहिम अली खानलाई लन्च गर्नुका साथै करण जोहर थप फिल्ममा काम गरिरहेका छन् । यी फिल्मको सूचीमा ठूला स्टार र ठूला नाम परेका छन् ।

आलिया भट्ट र रणवीर सिंह स्टारर रकी र रानीको प्रेम कथा यी सात फिल्महरू मध्ये एक हो। यसबाहेक सिद्धार्थ मल्होत्रा, राशि खन्ना र दिशा पटानी स्टारर फिल्म पनि यसै वर्ष रिलिजको तयारीमा छ ।

यसको नाम प्रस्तावित योद्धा हो। जान्हवी कपूर र राजकुमार राव धर्मा प्रोडक्सनको फिल्म मिस्टर एन्ड मिसेस माहीमा सँगै देखिनेछन् । विक्की कौशल र तृप्ती डिमरी मेरो महबूब मेरे सनम नामक फिल्ममा सँगै देखिनेछन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्