गोठाटारमा गोली लागि घाइते भएका लालको मृत्यु

खबर बुक
  • ख-
  • ख+

काठमाडौंको गोठाटारमा गोली लागी घाइते भएका व्यक्तिको मृत्यु भएको छ । सोमबार साँझ उनीमाथि गोली प्रहार भएपछि उपचारका लागि अस्पताल लगिएको थियो ।

गोली लागि घाइते सर्लाही सर्लाहीको गोडैता नगरपालिका लाल मोहम्मदको उपचारका क्रममा मृत्यु भएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।
शंकरापुर अस्पतालमा प्रारम्भिक उपचारपछि ५५ वर्षीय मोहम्मदलाई त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । शिक्षण अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चढेर आएका आक्रमणकारीले मोहम्मदमाथि ४ गोली प्रहार गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्