गायिका मिना लामाको चलचित्र “चौबन्दी” को च्यारिटी शो भब्य रुपमा सम्पन्न

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, जेठ ७ । नेपालमा लकडाउन भएपछि कोरोनाका त्रासले नेपाली चलचित्रहरु ठप्प भएका थिए । लकडाउन खुलेपश्चात बिस्तारै चलचित्रहरु प्रदर्शनमा पनी आउन थाले ।

हालः पछिल्लो समयमा एकपछि अर्को गर्दै चलचित्रहरु प्रदर्शन गर्ने क्रम बढ्दो छ । चर्चित लोक दोहोरी गायिका मिना लामाको चलचित्र “चौबन्दी” को जेठ ६ गते हिजो शनिबारका दिन च्यारिटी शो भब्य रुपमा सम्पन्न भएको छ ।

यस चलचित्रको शो काठमाडौं स्थित बिजी मलको बि।एस।आर। मुभिजको हलमा सम्पन्न भएको हो । चौबन्दी चलचित्र पुर्व मन्त्री दिलमान पाख्रिनको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको थियो । “चौबन्दी” चलचित्रको च्यारिटी शो को अवसरमा बिभिन्न समाजसेबी ब्यक्तित्वहरु र चलचित्र सँग जोडिएका ब्यक्तिहरुलाई सम्मान गरिएको थियो । “चौबन्दी” चलचित्र की निर्माता तथा नायिका समेत रहनु भएकी मिना लामाको कथा रहेको छ भने निरेन श्रेष्ठले निर्देशन गर्नुभएको हो ।

चलचित्रमा स्व। कलाकार जयनन्द लामा, रश्मी भट्ट, मिना लामा, दिपाशा बिसी, रितु तामाङ, लगायत अन्य कलाकारहरुको अभिनय रहेको छ । यस चलचित्रलाई रोयल मुभिज प्रा।लि।ले निर्माण गरेको हो । यस चलचित्र सामाजिक बिषय बस्तुमा र आफ्नै जिवन कथामा आधारित रहेको कुरा निर्मात्री लामाले बताएकी छिन् ।

साथै यस चलचित्रलाई नेपालका हलहरुमा प्रदर्शन गर्ने सोंच तुरुन्तै नभएको र बिदेशमा आफु जाने कार्यक्रममा कोसेलीका रुपमा यस “चौबन्दी” चलचित्रलाई लगेर प्रदर्शन गरिने कुरा उहाँले बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्