झापामा १९ वर्षीया महिला बलात्कृत

खबर बुक
  • ख-
  • ख+

झापा, २ असोज । झापामा १९ वर्षीया महिला बलात्कृत भएकी छन् ।

ती महिलालाई बलात्कार गरेको अभियोगमा अर्जुनधारा नगरपालिका–७ स्थित मणी राईको ब्लक फ्याक्ट्रीमा काम गर्ने उदयपुर बेलका नगरपालिका–९ का ३२ वर्षीय मन्दिप पुरीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

ती महिलालाई श्रीमान नभएको मौका पारी महिलाकै कोठामा गई बिहीबार दिउँसो उनले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

उक्त खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्