जसपा सांसद अमृता अग्रहरि एमाले प्रवेश

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २ असोज । प्रतिनिधिसभा सदस्य तथा जसपा नेतृ अमृता आग्रहरि एमाले प्रवेश गरेकी छन् ।

आइतबार एमाले पार्टी सचिवालयको बैठक चालिरहेका बेला उनलाई एमाले अध्यक्ष केपी ओलीले पार्टी प्रवेश गराएका हुन् ।

गजेन्द्रनारायण सिंहको प्रेरणाबाट राजनीतिमा क्रियाशील रहेकी उनी लामो समयसम्म नोपल सदभावना पार्टीमा आबद्ध थिइन् ।

सदभावना पार्टीमा उनी बद्री मण्डलको निकटस्थ रहेकी थिइन् । उनी समानुपातिकबाट सांसद बनेकी थिइन् ।  जसपाले यसअघि समानुपातिकबाट सांसद बनेकालाई यसपटक सिफारिस नगर्ने भएकाे छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्