‘समृद्ध प्रदेश निर्माणका लागि प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्छ’

खबर बुक
  • ख-
  • ख+

बागमती प्रदेशका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मिलनबाबु श्रेष्ठले प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने बताउनु भएकाे छ ।

फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएशन अफ नेपालले आइतबारदेखि शुरु गरेको पाचौँ दशैँ जुत्ताचप्पल प्रवद्र्धन मेलाको उद्घाटन गर्दै उहाँले समृद्ध प्रदेश निर्माणका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने बताउनु भएकाे हाे ।

मुलुकमा औद्योगिक वातावरण निर्माण नभएसम्म देशको विकास हुन नसक्ने उहाँकाे भनाइ छ । उहाँले प्रदेश सरकारले कृषि औजार कार्यक्रमलाई पनि प्राथमिकता दिएको बताउनु भयाे ।

फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएशन अफ नेपालका अध्यक्ष नानीराज घिमिरेले स्वदेशमा उत्पादित जुत्ताचप्पल, छालाका वस्तु तथा सामग्री प्रदर्शन गर्ने उद्देश्यले जुत्ताचप्पल मेला आयोजना गरिएको जानकारी दिनु भयाे। मेलाले एक अर्का उद्यमीबीच स्वच्छ र स्वस्थ प्रतिस्पर्धा गर्ने अवसर प्रदान गरी उत्पादनको गुणस्तर तथा डिजाइनमा सुधार ल्याउने वातावरण निर्माण गर्ने उहाँको भनाइ छ ।

मेलामा १० देखि ५० प्रतिशत छुटमा ३० भन्दा बढी ब्रान्डका एक हजार मोडलका जुत्ता पाउन सकिनेछ । मेला भदौ २० गतेसम्म चल्नेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्