नागरिकता बिधेयक प्रमाणीकरण गर्नुको विकल्प नरहेको जसपा अध्यक्ष यादवको भनाइ

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, असोज १

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संसद्ले दोहो¥याएर पारित गरेको नागरिकता सम्बन्धी विधेयकलाई राष्ट्रपतिले प्रमाणीकरण गर्नुको विकल्प नरहेको बताउनुभएको छ ।

सङ्घीय संसद्को दुवै सदनले पुनः पारित गरेर पठाएको नागरिकता सम्बन्धी विधेयकले स्वतः ऐनको रूप लिने दाबी गर्दै उहाँले सो विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले रोक्नु नमिल्ने तर्क गर्नुभयो । आज प्रतिनिधिसभा बैठकमा अध्यक्ष यादवले सो विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण नभए मुलुकको सङ्घीय लोकतान्त्रिक गणतन्त्र नै धरापमा पर्ने चेतावनी समेत दिनुभयो । संसदले दोहो¥याएर पारित गरेपछि त्यो स्वतः ऐनको रूपमा हुने भन्दै उहाँले यसले संसदीय मर्यादाकै खिल्ली उडेको दाबी गर्नुभयो ।

अध्यक्ष यादवले प्रतिनिधिसभाको पाँच वर्षे कार्यकाल सन्तोषजनक नरहेको टिप्पणी समेत गर्नु भयो । मधेसी, आदिवासी, जनजातिलगायतका सबै समुदायको स्वामित्व हुने गरी संविधान संशोधन गर्ने काम गर्न प्रतिनिधिसभाले गर्न नसकेको उहाँको गुनासो थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्