निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि महाअभियोग सिफारिसका लागि गठित संसदीय विशेष समितिले आजै प्रतिवेदन बुझाउने तयारी गरेको छ ।
समितिका ज्येष्ठ सदस्य रामबहादुर बिष्टले आजै सकभर सहमतिबाट नभएमा बहुमतका आधारमा प्रतिवेदन तयार पारेर प्रतिनिधि सभामा बुझाउने तयारी गरिएको बताउनुभयो ।
आजै प्रतिवेदन बुझाउने बारेमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले असहमति जनाएको छ ।
समितिले बयानका क्रममा जबराले मुछेका नेपाल बार एशोसियसनका पदाधिकारी, पूर्वपदाधिकारी र कानुन व्यवससायीसँग अस्ति छलफल गरेको थियो ।













