काठमाडौं, भदौ ३१
महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको सम्पत्ति विवरण माग गरेको छ ।
आज बसेको बैठकले जबराको सम्पत्ति विवरण उपलब्ध गराउन न्याय परिषद्लाई पत्र पठाएको हो । समितिले आज नै विवरण उपलब्ध गराउन परिषद्लाई जानकारी गराएको छ । आज बिहान बसेको समितिको बैठक भने केही समयको लागि स्थगित भएको थियो । प्रतिनिधिसभाको बैठक चलिरहेकाले समितिको बैठक स्थगित भएको हो ।
प्रतिनिधिसभाको बैठक सकिएपछि पुन समितिको बैठक बस्ने जनाईएको छ । आज बिहानको लागि पुनः जबरालाई बोलाएर पूरक प्रश्न सोध्ने कार्यक्रम भए पनि स्थगित भएको हो ।