
नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले संसदको पाँच बर्षे कार्यकालमा जननिर्वाचित प्रतिनिधिहरुको प्रभावकारी भूमिका हुन नसकेको बताउनुभएको छ ।
शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै पोखरेलले संसदको नेतृत्व गर्ने पात्रहरुको भूमिका महत्वपूर्ण हुने भएपनि त्यस्तो हुन नसकेको बताउनुभएको हो ।
पोखरेलले सभामुख अग्नी सापकोटाले प्रतिनिधिसभाको नेतृत्व भन्दा पनि गठबन्धनको बफादार कार्यकर्ताको रुपमा भूमिका खेलेको आरोप लगाउनुभयो । आफुहरु सत्तापक्षमा हुँदा सौहार्दपूर्ण भूमिका खेलेको र प्रतिपक्षीमा रहदा पनि प्रभावकारी भूमिका खेलेको उहाको भनाई छ । उहाले सदनले नै बिभिन्न बिषयमा प्रतिपक्षीसंग छलफल गर्न नचाहनु बिडम्वना रहेको बताउनुभयो ।
उहाले केहि पात्रहरुका कारण नै संसद अनाकर्षण थलोको रुपमा देखापरेको टिप्पणी गर्नुभयो ।