२३ वटा जिउँदो कछुवा सहित काठमाडौंबाट दुईजना पक्राउ

खबर बुक
  • ख-
  • ख+

‘रुफ्ट टर्टल’ अर्थात छत कछुवासहित काठमाडौंको बौद्धबाट दुईजना व्यक्तिहरू पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर बौद्धका अनुसार बौद्धको सिद्धार्थ ओरालो नजिक जिबित कछुवा विक्री वितरण भैरहेको भन्ने सूचनाको अनुसार प्रहरीले चेकजाँच गर्दा आज दिउँसो दुई बजे २३ वटा जिबितै कछुवासहित दुई व्यक्‍ति पक्राउ परेका हुन् ।

यसरी पक्राउ पर्नेमा काठमाडौंको टोखा नगरपालिका-३ का रमेश डंगोल र सुनसरीको बह्राक्षेत्र नगरपालिका -९ घर भई हाल टोखा बस्ने अनुराग मगर छन् ।

बरामद ‘छत कछुवा’ को सम्बन्धमा प्रहरी बृत्त बौद्धबाट थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्