बेलायतको स्थानीय राजनीतिमा सक्रिय सुमनले ल्याइन् ‘यस्तो एउटा संसार’

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १६ चैत।  गायिका सुनिता थेगिम र गायक गंगाराज राईको स्वर रहेको ‘यस्तो एउटा संसार’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । गायक गंगाराजकै संगीत रहेको सार्वजनिक गीतका शब्द जानु काम्बाङ लिम्बुका हुन् ।

एक प्रेमील जोडीको रोमाञ्चिक प्रेम कहानीले भरिएको ‘यस्तो एउटा संसार’काे भिडियोमा अभिनेता ध्रुव दत्त र मोडल रोजिना ढकालको अभिनय रहेको छ ।

डेढ दशकदेखि लन्डनमा बसेर म्युजिक भिडियो निर्देशनसँगै संचारकर्ममा पनि व्यस्त रहेका निर्देशक कुशल श्रेष्ठको निर्देशनमा तयार भएको भिडियोको निर्माण लन्डनको स्थानीय राजनीतिमा पाइला चाल्दै गरेकी सुमन पुनले गरेकी हुन् ।

यस्तै म्‍युजिक भिडियोको छायांकन र सम्पादन निर्देशक श्रेष्ठले नै गरेका हुन् । कुशल बेलायतका सञ्चारकर्मी हुन् । उनले निर्देशन गरेका दर्जनौं म्युजिक भिडियोभन्दा यो केही पृथक रहेकाे दाबी गरिएकाे छ । दीपिका श्रेष्ठको  कोरियोग्राफी र मेकअप रहेको गीतमा उदयराज पौडेलको एरेन्ज तथा किशोर थापाको मिक्सिङ छ ।

भिडियाे लिंक : https://youtu.be/Vnb_Hxjm9x0  

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्