बी डिभिजन लिगलाई अन्योलतामा राखेको अखिल नेपाल फुटबल संघ एन्फाको आरोप

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, चैत्र ३ । बी डिभिजन लिग क्लबहरुले अखिल नेपाल फुटबल संघ एन्फा ले बी डिभिजन लिगलाई अन्योलतामा राखेको आरोप लगाएका छन् ।

बी डिभिजन क्लबले शुक्रबार पत्रकार सम्मेलन गर्दै एन्फाले बी लिगलाई अन्योलतामा राखेको जनाएको छ ।

एन्फाले चैतको १५ गतेबाट ुबीु डिभिजन लिग गर्ने निर्णय गरेको थियो । तर, एन्फाले क्लबलाई दिने भनिएको तयारी खर्च दिन सकेको छैन । एन्फाले सहमति अनुसार कार्य नगरेको र लिग हचुवाको भरमा गर्न लागेको क्लबहरुले आरोप लगाएका छन् ।

पहिलो किस्ता उपलब्ध गराएपछि टिम तयारीको लागि ४५ दिनको समय दिने आश्वासन पछि सहमति भएको बी डिभिजन लिगका अन्य आवश्यक तयारी भएको छ वा छैन, प्रश्न जटिल छ ।

फुटबलको मेरुदण्ड मानिने लिग हचुवाको भरमा हुन सक्दैन, विज्ञप्तिमा लेखिएको छ , एन्फाको आश्वासन पछि पुसको अन्तिम साताबाट टिम तयारीमा भिडेका क्लबहरुले खेलाडीको खुराक, आतेजाते भाडा, मोफसलका खेलाडीलाई खानेबस्ने व्यवस्था, मेडिकल, खेल सामाग्री एवं फ्रेन्डली म्याच गरेर दैनिक ठुलो रकम खर्च गरिरहेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्